images
images
  • आइतवार बेलुका ६ बजेसम्मको बाढीपहिरो अपडेट : देशभर १४८ जनाको मृत्यु, ५५ बेपत्ता

    १३ असोज, काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १४८ को मृत्यु भएको छभने ५५ जना बेपत्ता भएका छन् । विपद्मा परी १०१ जना घाइते भएका छन् ।

    बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौँमा १६, काभ्रेमा २९, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु पाँचथर र भक्तपुरमा ५/५ जनाले ज्यान गुमाएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

    उनकानुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा दुर्ई, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एकजनाको मृत्यु भएको छ ।

    बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार ९८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ६६१ जनाको उद्धार गरिएको प्रवक्ता तिवारीले बताए ।

    यसैगरी बाढीपहिराले ३२२ वटा घरमा क्षति र १६ पुल बगाएको सशस्त्र प्रहरी बलले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा उल्लेख छ । रासस

    प्रतिक्रिया दिनुहोस्

    images
    images