१२ असोज, काठमाडौं। बाढी पहिरोका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा ३४ जनाको मृत्यु भएको छ ।
काठमाडौं जिल्लाका विभिन्न ठाउँमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जना गरी ३४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ ।
त्यसैगरी १७ जना घाइते भएका छन् । जसअनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना गरी १७ जना घाइते भएका हुन् ।
यी तीन जिल्लाबाट १ हजार ४१५ जनाको उद्दार गरिएको छ । १७ जना वेपत्ता छन् । १ हजार ९२४ घरहरु डुबानमा परेको प्रहरीले जनाएको छ ।
बाढीले देशभर जनजीवन अस्तव्यस्त पारेको छ । विद्युत आपूर्ति, टेलीफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा क्षतिको एकिन तथ्याङ्क संकलनमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्