
९ असोज, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ५८.९३ अंकले घटेर २४७०.३९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २२३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि लगानीकर्ताको मनोबल बढ्न नसक्दा कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ५ अर्ब ९ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १५ करोड ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा वीन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत कम्पनी र थ्री स्टार हाइड्रोपावर कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्