images
images
  • ललितपुरको बङ्गलामुखी मन्दिर नजिकैको घरमा आगलागी

    काठमाडौँ । आज बिहान ललितपुरको बंगलामुखी मन्दिर नजिकै आगलागी भएको छ । स्थानिय अमिरमान बज्राचार्यको घरमा सोमबार बिहान आगलागी भएको हो ।

    ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

    आज सो क्षेत्रमा मेला लाग्ने भएकाले पुरी, तरकारी बनाउने क्रममा ग्यास भएर आगलागी भएको हाछेथुको भनाई छ । उनका अनुसार महानगरको तीनवटा दमकल र एउटा ट्याङ्कर आगलागी नियन्त्रणका लागि खटिएको थियो । साथै ३० जना नगर प्रहरी पनि घटनास्थलमा खटिएका थिए । आगो अहिले नियन्त्रणमा आएको हाछेथुले बताएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images