images
images
  • सेयरको ‘इन्साइडर ट्रेडिङ’मा संलग्नलाई तीन वर्ष कैद हुन सक्ने !

    काठमाडौँ। सेयर बजारको ‘इन्साइडर ट्रेडिङ’ (भित्री कारोबार) मा संलग्नलाई तीन वर्षसम्म कैद सजाय गर्ने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभामा दर्ता भएको धितोपत्र ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो व्यवस्था कायम गर्न प्रस्ताव गरिएको हो।

    यो विधेयकमा ‘इन्साइडर ट्रेडिङ’मा संलग्न भएको पुष्टि भए बिगो बमोजिमको जरिवाना, तीन वर्षसम्म कैद सजाय वा दुवै सजायको व्यवस्था प्रस्ताव गरिएको छ ।

    यसैगरी इन्साइडर ट्रेडिङमा बिगो नखुलेकोमा ५० लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म जरिवाना वा ३ वर्षसम्म वा दुवै सजायको व्यवस्था गर्न विधेयकमा प्रस्ताव गरिएको छ।

    अहिले यस्तो कार्यमा संलग्न हुनेलाई ५० हजारदेखि १ लाख ५० हजारसम्म जरिबाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

    विधेयकमा ऐनको उपदफा (२) मा संशोधन गर्दै बिगो खुलेकोमा बिगो भराई बिगोबमोजिम जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय र बिगो नखुलेमा ५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय भन्ने शब्द राख्न प्रस्ताव गरिएको छ। हालको ऐनमा ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ।

    यसैगरी विधेयकमा ऐनको उपदफा (३), (४), (५), (६) र (७) मा संशोधन हालको कारबाहीको व्यवस्थालाई बढाउन प्रस्ताव गरिएको छ।

    insider1

    प्रतिक्रिया दिनुहोस्
    images
    images