images
images
  • संसदमा दर्ता भयो धितोपत्र सम्बन्धी विद्येयक (हेर्नुहोस् पूर्णपाठ)

    काठमाडौं । अर्थ मन्त्रालयको तर्फबाट धितोपत्र सम्बन्धी दुई ओटा विधेयक संसदमा दर्ता भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१, धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८१ प्रतिनिधि सभा बैठकमा दर्ता भएको हो ।

    प्रतिनिधि सभाले विजनेश नपाइरहेको अवस्थामा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले उक्त विद्येयक दर्ता गराएका हुन् । विद्येयक लागू भएमा धितोपत्र सञ्चालनमा सरकारले कडाइ गर्ने देखिन्छ । शुक्रवार संघीय संसद्मा दर्ता भएको धितोपत्र सम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयकमा दण्ड सजायतर्फ कडाइ गर्ने गरि संशोधन प्रस्ताव छ ।

    प्रचलित कानून कार्यान्वयनमा आएको लामो समय भएको र पूँजी बजारमा आएको परिवर्तनसँगै नियामक निकाय र नियमन कार्यलाई थप प्रभावकारी बनाई विद्यमान कानूनी व्यवस्था समयानुकूल संशोधन र परिमार्जन गर्न आवश्यक भएको उक्त विधेयकमा उल्लेख छ।

    बैठक आगामी भदौं ६ गतेका लागि बोलाइएको छ ।

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2024/08/धितोपत्र-ऐन-२०६३-को-संशोधन-गर्न-बनेको-ऐन.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images