images
images
  • राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ अर्ब तरलता खिच्दै, आजै बोलकबोल

    काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै १ खर्ब अर्थात् १००अर्ब तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले आइतबार २१ दिने अवधिका लागि १०० अर्ब रूपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न  लागेको हो । यसका लागि बैंकले अपरान्ह ३ बजे बोलकबोल गर्नेछ ।

    २१ दिन अवधिको निक्षेप संकलन उपकरणको भदौ २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले बताएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न पाउने छन् ।

    उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् । केन्द्रीय बैंकले भदौं लागेसँगै पहिलोपटक तरलता खिच्न लागेको हो ।

    अघिल्लो महिना साउनमा केन्द्रीय बैंकले ५ पटक तरलता खिचेको थियो । जसमा साउन २ गते ५० अर्ब, ९ , १६, २३ र ३० गते क्रमशः ४० अर्ब रूपैयाँ तरलता खिचेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images