
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आर्थिक सुधार आयोग गठन गर्ने योजनालाई सकारात्मक रुपमा लिएको छ । अर्थ मन्त्रालयले १०० दिनको कार्यक्रममा उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने बिषय समावेश गरेकोमा उसले यो कदमलाई सकारात्मक रुपमा लिएको हो।
महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरिय आयोगको माग राख्दै आइरहेको थियो। महासंघको प्रस्ताव बमोजिम आयोगलाई सरकारले प्राथमिकता दिएको भन्दै महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले एक विज्ञप्ति जारी गरी सरकारप्रति आभार व्यक्त गरेका छन् ।
अर्थतन्त्र सम्वद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सिमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रुपमा अर्थतन्त्र चलायमान बनाइ दिगो आर्थिक बिकास हासिल गर्नु पर्ने अहिलेको आवश्यकता भएकोले महासंघले आयोगको प्रस्ताव सरकारसमक्ष राखेको थियो। “महासंघको प्रस्ताव बमोजिम आयोगलाई सरकारले प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दछु, महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले भने।
यसलाई अर्थमन्त्रालयले १०० दिनको प्राथमिकतामा समावेश गरेकोमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेलसहित मन्त्रालयलाई महासंघ धन्यवाद ज्ञापन गरेको छ। महासंघले मितव्ययी रुपमा आयोग सञ्चालनको ढाँचा पनि प्रस्ताव गरेको छ।
प्रतिक्रिया दिनुहोस्