images
images
  • शेयर खरिदबिक्री गर्न उक्साउनेलाई धितोपत्र बोर्डको चेतावनी

    काठमाडौं। नेपाल धितोपत्र बोर्डले शेयरमूल्य बढ्ने वा घट्ने भन्दै खरिदबिक्री गर्न वा नगर्न उत्साहित गराउनेलाई कारबाही गरिने बताएको छ ।

    शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै बोर्डले सञ्चारमाध्यम, फेसबुक, युट्युब, क्लबहाउसजस्ता सञ्जालमार्फत अनधिकृत तवरले अन्तरवार्ता तथा अभिव्यक्ति दिएर बजारलाई प्रभावित पार्न खोजिएको सम्बन्धमा उजुरीहरु प्राप्त भएको बताएको छ ।

    ‘धितोपत्रसम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्येक्ष वा अप्रत्येक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको छ’ बोर्डले सूचनामा भनेको छ ‘सो गरेमा धितोपत्र कारोबार सम्बन्धी कसुर गरेको मानिने व्यहोरा जानकारी गराउँछौं ।’

    निश्चित शेयर खरिदबिक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्धेष्यले त्यस्तो कार्य नगर्न, नगराउन र त्यस्ता कार्य रोक्न पनि बोर्डले भनेको छ । यस किसिमका कामकारबाहीका सम्बन्धमा सुक्ष्म निगरानी पनि भइरहेको बोडले बताएको छ। यसका साथै उसले कसैको उक्साहटमा नलागी सुझबुझपूर्ण तवरमा लगानी गर्न पनि अनुरोध गरेको छ ।

    dhitopatra

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images