images
images
  • को थिए गठ्ठाघर दुर्घटनामा मृत्यु हुने पुरुष ?

    काठमाडौँ । साउन ३१ गते भक्तपुरको गट्ठाघरमा रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा पुरुषको निधन भएको थियो । ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा पुरुषको ज्यान गएपछि आक्रोशित स्थानीयले सो ट्रकमा आगो लगाए ।

    भक्तपुर परिसरका डीएसपी राजन कार्कीका अनुसार मृत्यु भएमा पुरुष ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइराला हुन् । कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । काठमाडौको कपन बस्दै आएका कोइराला बा।४९ प ८९४४ नम्बरको स्कुटरमा सवार थिए । ना।६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिएको थियो ।

    ठक्कर दिएपछि चालकलाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गठ्ठाघरको दुर्घटना छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् ।

    गठ्ठाघरमा रुखको आडमा बसेर ट्राफिक प्रहरीले राडार गनमार्फत सवारीको गति मापन गरिहेका थिए । करिब ६० मिटर पर बसेका ट्राफिक प्रहरीले अचानक ५० किलोमिटर प्रतिघण्टाको गतिभन्दा बढीमा आएको भन्दै उक्त स्कुटरलाई बीच सडक रोक्न लगाएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images