काठमाडौँ । वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । भोली भदौ १ गतेदेखि लागू हुने गरी मुद्दति निक्षेपको ब्याजदर थप घटाएका हुन् ।
२० वाणिज्य बैंकहरुले सार्वजनिक गरेको ब्याजदर सूचनाअनुसार एउटा बैंक प्राइम कमर्सियलले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ भने ७ बैंकले स्थिर राखेका छन् । स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारीले ब्याजदर स्थिर राखेका छन् ।
औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर अब भदौ महिनाका लागि ६.५३ प्रतिशत कायम भएको छ । साउनमा औसत ब्याजदर ६.७४ प्रतिशत छ । औसतमा हेर्दा २० बैंकहरुको ब्याजदर भदौका लागि ०.२१ विन्दुले घटेको हो । १२ बैंकले ब्याजदर घटाएका छन् । जसले गर्दा औसत ब्याजदर पनि घटेको छ ।
निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा ऋणीलाई राहत हुनेछ । लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ ।
भदौमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर जम्मा ७.४१ प्रतिशत कायम भएको छ । जुन एनएमबी र एनआईसी एसिया बैंकको छ । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ ।
संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ । त्यस्तै व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्छन् ।
भदौ महिनामा एनएमबि बैंक र एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज दिने छन्। व्यक्तिगत मुद्दति निक्षेपमा ती कम्पनीहरुले अधिकतममा ७.४१ प्रतिशत ब्याज दिने छन्। सबैभन्दा कम ब्याज दिने बैंकमा नेपाल बैंक छ। यस्तो निक्षेपमा उक्त कम्पनीको अधिकतम ब्याजदर ५.२५ प्रतिशत छ।
कुन बैंकको अधिकतम ब्याजदर कति ?



विश्व खबर 


















