images
images
  • निर्जीवन बीमा कम्पनीहरुले गरे साढे २ अर्ब बढी लगानी, कुन क्षेत्रमा कसको कति? (विवरणसहित)

    काठमाडौं । चालु आर्थिक वर्ष २०८० /८१ को ९ महिनामा  लघु निर्जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा कुल साढे २ अर्ब बढी लगानी गरेका छन् । जसमा कम्पनीहरुले नाफा ५२ प्रतिशत बढाएका छन् ।

    नेपाल बीमा प्राधिरणको तथ्याङक अनुसार लघु निर्जीवन बीमा कम्पनीहरु नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स,स्टार माइक्रो इन्स्योरेन्स र गार्डियन ट्रष्ट माइक्रो इन्स्योरेन्सले विभिन्न क्षेत्रमा कुल २ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका हुन् ।

    हाल संचालनमा रहेका १४ वटा ठुला निर्जीवन बीमा कम्पनीहरुले एकै वर्ष ७ अर्ब ४३ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा अघिल्लो आवको तुलनामा ५२.८ प्रतिशत बढी हो ।

    अघिल्लो आवमा ती कम्पनीहरुले ४ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ नाफा कमाएका थिए । गत आवमा राष्ट्रिय बीमा र नेको इन्स्योरेन्सको नाफामा गिरावट आएको छ । यी बाहेका अन्य कम्पनीहरुको नाफामा उल्लेख्य बढेको छ । व्यावासयमा खास सुधार देखिएको छैन । तर, नाफामा बढाएका छन् ।

    जसमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले कुल ४८ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ५० करोड २० लाख रुपैयाँ लगानी गरेको छ । स्टार माइक्रो इन्स्योरेन्सले ५३ करोड ५५ लाख रुपैयाँ र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ४८ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।

    त्यस्तै, नेपाल इन्स्योरेन्सले ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा ४५ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सल ४८ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ । स्टार माइक्रो इन्स्योरेन्सले ४९ करोड ८० लाख रुपैयाँ र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ४८ करोड गरी कुल १ अर्ब ९१ करोड ४५ लाख रुपैयाँ लगानी गरेका छन् ।

    नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा नेपाल माइक्रोले २ करोड १० लाख, प्रोटेक्टिभले १ करोड ७० लाख, स्टार माइक्रो इन्स्योरेन्सले ३ करोड ५ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ५० लाख रुपैयाँ लगानी गरेको छ ।

    नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजातपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा नेपाल इन्स्योरेन्सले ६० लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २० लाख, स्टार माइक्रो इन्स्योरेन्सले ६० लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ३५ लाख रुपैयाँ गरी कुल १ करोड ७५ लाख रुपैयाँ लगानी गरेका छन् ।

    त्यसैगरी नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बण्ड, डिबेञ्चर र ऋणपत्रमा नेपाल माइक्रो इन्स्योरेन्सले मात्रै लगानी गरेको छ । कम्पनीले यस क्षेत्रमा ३० लाख ८८ हजार रुपैयाँ लगानी गरेको छ ।

    company

    प्रतिक्रिया दिनुहोस्

    images
    images