images
images
  • राजस्व संकलनमा देखियो सुधार, सरकारले उठायो ५.६१% राजस्व

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो २० दिनमा सरकारले ३० करोड रुपैयाँ राजस्व उठाएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन १ गतेदेखि २० गतेसम्ममा सरकारले कूल ३० करोड ८२ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

    सरकारले अघिल्लो सरकारको बजेटलाई कार्यान्वयन गर्दै राजस्व संकलनमा सुधार हुन थालेको बताएको छ । सरकारले साउनको २६ गतेसम्म आइपुग्दा ५.६१ प्रतिशत राजस्व संकलन गरेको छ ।

    समीक्षा अवधिमा राजस्वतर्फ ३० करोड २८ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको सरकारले गैर–राजस्वतर्फ १ करोड ६१ लाख २१ हजार रुपैयाँ संकलन गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

    चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको सरकारले खर्च गर्ने स्रोतको रुपमा राजस्वमार्फत १४ खर्ब ७१ अर्ब ६२ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको छ । तथापि, कमजोर राजस्व संकलनका कारण अघिल्ला दुई वर्षको बजेट कार्यान्वयन निरन्तर घाटामा गएको थियो ।

    आर्थिक बर्षको शुरुवातबाटै राजस्व संकलनमा सुधार देखिएको छ । यद्यपि सरकारले चालू आर्थिक वर्षमा निकै महत्वाकांक्षी राजस्व संकलनको लक्ष्य राखेको छ । सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलनको लक्ष्य लिएको छ ।
    आर्थिक वर्ष २०७९र८० को बजेट कार्यान्वयनमा झण्डै ४ खर्ब रुपैयाँ बराबरको घाटा बेहोरेको सरकारले पछिल्लो वर्ष पनि ३ खर्ब ५२ अर्बको घाटा बेहोरेको छ । राजस्व संकलनलाई व्यवस्थिति गर्दै वृद्धि गर्ने तयारी गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै सरकारी निकायलाई कर प्रणाली व्यवस्थित गर्न निर्देशन दिएका छन् भने भन्सारहरुमा राजस्व चुहावटलाई नियन्त्रण गर्न निर्देशन गरिसकेका छन् ।

    त्यस्तै, साउनको २६ दिनमा चालूतर्फ ३ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको छ । सरकारले चालू आर्थिक वर्षमा चालूतर्फ ११ खर्ब ४० अर्ब रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै पूँजीगततर्फ हालसम्म ४ अर्ब २० करोड रुपैयाँ खर्च भएको छ । चालू आर्थिक वर्षमा पूँजीगतर्फ ३ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

    त्यस्तै वित्तीय दायित्वतर्फ ८अर्ब ६३ करोड रुपैयाँ संकलन खर्च भएको छ । चालू आवमा सरकारले वित्तीय दायित्वतर्फ ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images