images
images
  • मृत अवस्थामा फेला परेका गायक प्रकाश उपचारका लागि अमेरिका जान तयारीमा थिए

    काठमाडौं । गायक प्रकाश तिमिलसिनाको निधन भएको छ । प्रकाश तिमिलसिनाको शनिबार साँझ निधन भएको हो । घरमै अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्‍याएको र अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

    प्रकाशको अन्तिम संस्कार भोलि (आइतबार) बिहान पशुपति आर्यघाटमा गर्ने तयारी रहेको संगीतकार अर्जुन पोखरेलले जानकारी दिए । गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए। उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’ लगायत दर्जनौं गीत लोकप्रिय छन्।

    २०४५ सालमा कोशीमा आएको बाढीले घर परिवार सबै गुमाएका तिमिलसिनाले आँखाको ज्योति पनि गुमाएका थिए। ३ वर्षको उमेरमा बाढीले बगाउँदा धेरै तल माझीले जालमा पारेर उनलाई निकालेको र पछि हजुरआमाले पालेको प्रकाशले अन्तर्वार्ताहरुमा बताएका थिए।

    दुवै आँखाको दृष्टि गुमाएका तिमिल्सेना आँखाको उपचारका लागि लामो समयदेखि अमेरिका जाने प्रयासमा थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images