images
images
  • पाकिस्तानमा बढ्दो गर्मी, ६ दिनमा ५०० जनाको मृत्यु

    काठमाडौं- बढ्दो गर्मी पाकिस्तानी जनताका लागि घातक साबित भइरहेको छ। पछिल्लो ६ दिनमै त्यहाँ ५ सयभन्दा बढीको मृत्यु भएको छ, जसमा बढ्दो गर्मीलाई प्रमुख कारण मानिएको छ।

    इधी एम्बुलेन्स सेवाका अनुसार कराची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० शव ल्याउने गरिएको छ।

    तर पछिल्ला ६ दिनमा ५ सय ६८ शव संकलन भएको सेवालदे जनाएको छ। यीमध्ये मंगलबार एकैदिन १४१ जनाको शव ल्याइएको थियो।

    यी सबै मृत्युको एकिन कारण अहिले नै भन्न गाह्रो भएको बीबीसीले जनाएको छ। तर, गर्मी बढेसँगै मृत्यु हुने क्रम पनि बढेको छ।

    कराँचीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ र आर्द्रता यति धेरै छ कि तापक्रम ४९ डिग्री सेल्सियस जस्तो महसुस भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images