भक्तपुर- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उत्तीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जिपीए ल्याएका छन् ।
परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । दुई सय २१ जनाको परीक्षा रद्द भएको उनले जानकारी दिए । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको जानकारी दिए ।
यसरी हेर्न सकिन्छ नतिजा :
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी दिएको छ।
नेपाल टेलिकमले पनि आईभीआर, एसएमएस वा वेबसाइटको माध्यमबाट एसईईको नतिजा थाहा पाउन सकिने जनाएको छ।
टेलिकमको मोवाइल फोन या ल्यान्डलाइनबाट १६ सय डायल गर्दा प्राप्त हुने निर्देशानुसारको प्रक्रियाबाट नतिजा प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ।
त्यसैगरी मोवाइल फोनबाट १६ सयमा सिम्बोल नम्बरसहित एसएमएस पठाएर पनि नतिजा थाहा पाइने छ। टेलिकमको वेवसाइटबाट मार्कसिटसहितको नतिजा पाप्त गर्न सकिने टेलिकमले जनाएको छ।
आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार गर्नुपर्ने छ। एसएमएसको लागि मोबाइलको म्यासेज बक्समा SEE<space> <symbol number> टाइप गरी १६०० मा पठाउनुपर्ने छ। वेबसाइटको लागि Website: http://see.ntc.net.np मार्फत हेर्न सकिने छ।
त्यसैगरी निजी क्षेत्रको दूर सञ्चार प्रदायक संस्था एनसेलको एपमार्फत पनि एसईईको नतिजा हेर्न सकिने जनाएको छ।
एनसेल एपको होम स्क्रिनमा गई एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति सबमिट गरेर नतिजा हेर्ने सकिनेछ।
बोर्डले आजै बिहान एसईईका नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। बोर्डले नतिजा प्रकाशित भएपछि सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी दिएको हो।
२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर हेर्न सकिने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ।
परीक्षा नियन्त्रण कार्यालयले रिजल्ट प्रकाशित गर्नको लागि १० वटा वेबसाइट र पाँच वटा संस्थालाई एसएमएस र आईभीआरबाट रिजल्ट प्रकाशित गर्न अनुमति प्रदान गरेको छ।
हेर्नुहोस् परीक्षा बोर्डको सूचना
























