images
images
  • साढे २ अर्ब नाघ्यो सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु

    काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम साढे दुई अर्ब नाघेको छ ।

    महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदनअनुसार प्रदेश सरकारको बेरुजु रकम २ अर्ब ६८ करोड २९ लाख २९ हजार पुगेको हो ।

    गत आर्थिक वर्ष २०७९/८० मा ३७ करोड ६३ लाख ९१ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसअघि बेरुजु रकम २ अर्ब ३९ करोड १९ लाख ६० हजार रहेकोमा गत वर्षको जोड्दा २ अर्ब ६८ करोड नाघेको हो ।

    प्रदेश मन्त्रालय तथा निकायको २ अर्ब १३ करोड ८० लाख ७५ हजार र समिति र अन्य संस्थाको ५४ करोड ४८ लाख ५४ हजार बेरुजु रहेको प्रतिवेदनमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images