काठमाडौं- गणतन्त्र दिवसका दिन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक महिला प्रहरीहरूका लागि नयाँ सुविधाको घोषणा गरेका छन्।
उनले मंगलबार (जेठ १५ गते) सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको शुभकामना दिँदै अबदेखि महिनावारीका बेला महिला ट्राफिक प्रहरीले ४ दिन सडकमा डिउटी गर्न नपर्ने घोषणा गरेका हुन्।
गृहमन्त्री लामिछानेले लेखेका छन्, गणतन्त्र दिवस अवसरमा शुभकामनासहित एउटा सानो प्रयासस् अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयम् सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ।’

प्रतिक्रिया दिनुहोस्























