काठमाडौं- सरकारले आज आगामी आर्थिक वर्ष २०८१र८२ को राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्दै छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।
आज दिउँसो १ बजे दुवै सदनको संयुक्त बैठक बोलाइएको छ । नेपालको संविधानले प्रत्येक वर्षको जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । सोहीअनुसार आज बजेट प्रस्तुत हुन लागेको हो ।
बजेट प्रस्तुत गर्न दिनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि लचक भएको छ । सहकारीको रकम घोटालामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने माग कांग्रेसले गर्दै आएको छ ।
उक्त मागमा सत्ता पक्ष तयार नहुँदा संसद अवरुद्ध थियो । त्यसपछि कांग्रेसको अवरोधकै बीच सदनको कारबाही अगाडि बढाइँदै आएको छ । सत्ता पक्ष र विपक्ष दुवै संसदीय समिति बनाउन सहमत भए पनि त्यसको कार्यादेशमा भने फरक(फरक अडानमा छन् । जसका कारण सहमति हुन नसकेको हो ।


विश्व खबर 


















