images
images
  • गुजरातको मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा परी २७ जनाको मृत्यु

    नयाँदिल्ली- भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या २७ पुगेको अधिकारीले जनाएका छन्।  आगलागीमा बालबालिकासहित  २७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    राजकोटका प्रहरी आयुक्त राजु भार्गवले भने, ‘गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २७  पुगेको छ। उनीहरूको मृत शरीर परीक्षणका लागि अस्पताल पठाइएको छ।’

    उनले भने ,‘‘गेमिङ जोन’ युवराज सिंह सोलंकी नाम गरेका व्यक्तिको स्वामित्वमा छ। लापरबाही र मृत्युका लागि हामी अपराधसम्बन्धी मुद्दा दर्ता गर्नेछौं। उद्धार कार्य पूरा गरेपछि थप अनुसन्धान अघि बढाइनेछ।’

    उक्त घटनामा घाइते भएका सबै जनालाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ। आगलागीको कारण भने अहिलेसम्म थाहा हुनसकेको छैन। टीआरपी गेमिङ जोन भित्रको अस्थायी संरचना आगोको बीचमा ध्वस्त भएको र अन्य केही व्यक्ति भग्नावशेषमा फसेका हुनसक्ने स्थानीय अग्नि नियन्त्रक अधिकारीले बताए।

    गुजरात राज्यको राजकोट सहरको पार्कमा आगलागी भएको हो ।

    प्रहरीले मनोरञ्जन पार्क सञ्चालक र व्यवस्थापकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

    अहिलेसम्म हामीले आगलागीमा २७  जनाको मृत्यु भएको पुष्टि गरेका छौँ, प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीले  उद्धृत गर्दै मृतकमा  १२ वर्षभन्दा कम उमेरका ४ बालबालिका समेत रहेको बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images