
काठमाडौँ । बालमन्दिरको जग्गा हिनामिनाबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा जाहेरी परेको छ ।
तत्कालीन पदाधिकारी तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा जग्गा ठगी तथा हिनामिना गरेको भन्दै बिहीबार सीआईबीमा जाहेरी दर्ता भएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए । अनुसन्धानको प्रक्रियामा भएकोले धेरै खुलाउन चाहेनन् ।
प्रतिक्रिया दिनुहोस्