
काठमाडौँ । वैशाख १६-१७ गते सम्पन्न तेस्रो लगानी सम्मेलनमा ७१ लाख खर्च भएको छ । सम्मेलनका लागि सरकारले ८ करोड बजेट छुट्याएकोमा ७१ लाख खर्च भएको लगानी बोर्डले जनाएको छ ।
समय अभावले खर्च कम भएको बताइएको छ । छोटो समय भएकाले सार्वजनिक खरिद नभएको साथै सम्मेलनमा प्रयोग भएको कोक-फेन्टालगायतका पेय पदार्थ निजी कम्पनीलाई व्यवस्थापन गर्न लगाइएको बोर्डको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्