images
images
  • इन्टरनेसनल मेयर अवार्ड लिएर बेलायतबाट फर्किइन मेयर दाहाल

    ‘इन्टरनेसनल मेयर अवार्ड’ का लागि बेलायत यात्रामा रहनुभएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल नेपाल फर्किएकी छिन्।

    ‘दोस्रो कार्यकाल मेयर निर्वाचित भएर भरतपुरवासी जनताका लागि काम गर्दा अन्तर्राष्ट्रियस्तरबाट जुन खालको मूल्यांकन भयो, यसले ज्यादै खुशी थप्नुका साथै अझै नविन कार्यहरु गर्न हौसला मिलेको छ,’ अवार्ड लिएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआईपी कक्षमा पत्रकारहरुसंग कुराकानी गर्दे उनले भनिन् ‘यस अवार्डले अझ ऊर्जा, हौसला र जनताको पक्षमा काम गर्नका लागि उत्प्रेरित गरेको छ।’

    बेलायत भ्रमणका क्रममा ‘भरतपुर भ्रमण वर्ष २०२४’ को ब्यापकता तथा प्रचारप्रसारमा समेत केन्द्रित थियो। उत्कृष्ट मेयर अवार्ड लिएर युरोप प्रस्थान गरेकी प्रमुख दाहालले युरोपका विभिन्न देशका विभिन्न सहरका नगरपालिकाका प्रमुखसँग भेट गरी भरतपुर भ्रमण वर्ष २०२४ को निमन्त्रण गरेकी छिन् ।

    साथै प्रमुख दाहालले विभिन्न देशमा रहेका राजदूतसँग भेटघाट गरी भ्रमण वर्षलाई सफल बनाउन आग्रह गरेकी छिन् ।

    यसक्रममा दाहालले फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारी र स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीसँग छुट्टाछुट्टै भेट गरी भ्रमण वर्षलाई सफल बनाउनका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरेकी थिइन् ।

    संयुक्त अधिराज्य बेलायतको संसद भवन हाउस अफ कमन्सका उप-सभामुख निजेल इभान्ससंग उनकै कार्यकक्षमा भएको थियो भने भेटका क्रममा उप-सभामुख निजेलले बर्षौं देखिको बेलायती र नेपाली जनताको सम्बन्ध तथा ब्रिटिस सेनामा सेवा गरीरहेका गोर्खा सैनिक एंव बिभिन्न क्षेत्रमा नेपाली जनताद्वारा देखाएको सेवाभाव र कार्यक्षेत्रमा देखाएको ईमान्दारिता दुई राष्ट्र र जनता जनता बिचको ऐतिहासिक सम्बन्ध बारे खुलेरै प्रशंसा गरेका थिए।

    साथै, भरतपुर भ्रमण बर्ष २०२४ लाई उपसभामुख ज्युले सकारात्मक प्रतिक्रिया दिनुभएको थियो। त्यस क्रममा बेलायती सांसद Dean Russell ले बेलायती संसदको गतिबिधी, संसदको ईतिहास लाई ब्याख्या गर्दै संसद भवनको अवलोकन गराउनु भएको थियो।

    बेलायतस्थित ‘दि इन्ट्रिग्रेसन फाउन्डेसन’ले मार्च ७ हाउस् अफ कमन्सको टेरेस पेभिलियनमा सम्पन्न समारोहमा ‘पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्ड्स २०२४’ अन्तर्गत ‘इन्टरनेसनल मेयर अवार्ड’ भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले प्राप्त गरेकी हुन्।

    उक्त कार्यक्रममा लन्डन मेयर सादिक खानले ‘लोकल गभरमेन्ट अवार्ड’ प्राप्त गर्दा मरिससकी पहिलो मुस्लिम महिला राष्ट्रपति (२०१५ देखि २०१८) अमिना गुरिव फकिमले ‘इन्टरनेशनल वुमन अफ द इयर अवार्ड’ पाएका थिए ।

    उता, भारतीय राजनीतिज्ञ तथा ऋषिहुड युनिभर्सिटीका चान्सलर सुरेश प्रभाकर प्रभुले ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्राप्त गरेका थिईन् ।

     

    बेलायती उपप्रधानमन्त्री ओलिभर डाउडेनले ‘पार्लियामेन्टरियन अफ द इयर’ (गभरमेन्ट), राज्यमन्त्री रोबर्ट हाल्फोनले ‘मिनिष्टर अफ द इयर’, सांसद ग्यारेथ थोमसले ‘स्याडो मिनिष्टर अफ द इयर अवार्ड’ ग्रहण गरेका थिए ।

    त्यसैगरि, सनराइज रेडियोले ‘मिडिया अफ द इयर अवार्ड’ पायो भने इन्टरकन्टिनेन्टल लन्डन ओटुले ‘होटल अफ द इयर अवार्ड’ पाए भने प्रोफेसर जसपाल कोनरले ‘डक्टर अफ द इयर अवार्ड’ प्राप्त गरे ।

    निर्णायकहरूको छनोटमा कुल २४ विद्यामा प्रदान गरिएको उक्त १६ औं वार्षिक अवार्डस् वितरण समारोहको होष्ट सांसद भ्यालिरी भाज गरेकी थिइन् ।

    ‘दि अन्टरग्रेसन फाउन्डेसन’ ले गरेकाे अर्वाड कार्यक्रम आर्थिक तथा रणनीति परामर्श फर्म हो, जसले रणनीतिक सञ्चार, व्यापार र लगानी प्रवर्धन, आर्थिक विश्लेषण एवं विश्वभरका व्यवसाय र सरकारहरुका कर्पोरेट इभेन्ट आयोजना गर्ने गर्दछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images