images
images
  • बाना अध्यक्ष पन्त अमेरिकी राष्ट्रपति पुरस्कारबाट सम्मानित

    अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा स्थापित बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) अध्यक्ष सुबोध विलास पन्त अमेरिकी राष्ट्रपति पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

    mukjya 123 e1709530997560अध्यक्ष पन्तलाई नेपाली समुदायका लागि गरेको निस्वार्थ समाज सेवा र अथक कार्यप्रतिको उच्च सम्मान गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनको तर्फबाट राष्ट्रपतिको जीवनकाल उपलब्धि पुरस्कार अर्थात् प्रेसिडेन्ट लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको हो ।

    बाना भवन ऋण मुक्त अभियान अन्तर्गत तेश्रो चरणको कार्यक्रममा पूर्व दुई चरणका कार्यक्रम सहित कूल १ लाख ८ हजार डलर रकम सङ्कलन गर्न सफल भएको पनि जनाइएको छ ।

    अध्यक्षा पन्तलाई ऋण मुक्त अभियान अन्तर्गत तेश्रो चरणको कार्यक्रममा बाल्टिमोरकै प्रसिद्ध मोर्गन बिश्वबिद्यालयका प्राध्यापकले राष्ट्रपतिको पदक तथा प्रमाण पत्र हस्तान्तरण गर्नुभयो ।

    428013204 1094055878482273 4945796007275759356 n 431482308 1780969432424256 2681642584309882348 n

    प्राध्यापकले त्यसमा लेखिएको कुरा पढदै पन्तले राष्ट्रलाई ५,३०० (५ हजार ३ सय) घण्टा सेवा गरे वापत उनलाई उच्च सम्मान साथ प्रमाण पत्र वितरण गर्दै अध्यक्ष पन्तको मुक्त कण्ठले प्रसंसा समेत गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images