images
images
  • गणेश लामाकाे समुहद्वारा ८ घण्टा बन्धक बनाएर ब्यावसायीबाट २० कराेड फिराैती

    काठमाडौैं। गैरआवासीय नेपाली ज्ञानेन्द्र खड्काले आफू अपहरणमा परेर ८ घण्टा सम्म बन्धक रहेको बताएका छन्। नेपालमा अनलाइन व्यापार ग्यापू मार्केट प्लेस र रिसोर्ट सञ्चालन गर्दै आएका खड्काले बुधबार सामाजिक सञ्जालमा विज्ञप्ती सार्वजनिक गर्दै ८ घण्टा बन्धक बनाएर २० करोड फिरौती मागेको बताएका छन्।

    अमेरिकामा बस्ने गैरआवासीय नेपाली खड्काले गत पुस २३ गते भएको उक्त घटनाबारे प्रहरी प्रशासनलगायत सबै ठाउँमा उजुरी गरेर परिवारलाई सुरक्षित स्थानमा राखेपछि मात्र विज्ञप्ति सार्वजनिक गरेको बताएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गणेश लामा र सहदेव कक्षपतीले अपहरण गरेर करोडौंको फिरौती रकमका लागि कागज गराएको उल्लेख गरेका छन्।

    आफूलाई लामा र कक्षपतीलगायतले ललितपुर ढोलाहिटी आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लण्डन हाउस होटलमा लगेर ८ घण्टा बन्धक बनाएको र त्रासमा पारेर करकापमा फिरौतीस्वरुप करोडौं लेनदेनको कागज गराएको खड्काको दाबी छ। ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले महाशाखाबाट आएको उक्त जाहेरी दर्ता भएको र थप अनुसन्धानकै क्रममा रहेको बताएका छन।

    1(83)

    2(98)

    3(73)

    प्रतिक्रिया दिनुहोस्
    images
    images