images
images
  • आज देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराईका भूभाग, उपत्यका तथा खोँचमा हुस्सु र कुहिरो लागेको छ भने देशका अन्य क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ ।

    त्यस्तै, आज राति पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम सफा रहने महाशाखाले जनाएको छ । रातिको समयमा हिमाली भूभागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images