images
images
  • युकेमा अन्तर्राष्ट्रिय प्रतिष्ठित अवार्डबाट मेयर रेणु दाहाल सम्मानित हुँदै

    काठमाडौं । बेलायतमा प्रदान गरिने प्रतिष्ठित अन्तराष्ट्रिय अवार्ड भरतपुरकी मेयर रेणु दाहालले पाउने भएकी छिन् ।

    युकेबाट प्रदान गरिने प्रतिष्ठित अवार्ड पोल्टिकल एण्ड पब्लिक लाईफ- २०२४ मा भरतपुर महानगरपालिकाकी मेयर दाहालले अन्तराष्ट्रिय मेयर अवार्ड पाउने भएकि हुन् ।

    बेलायतमा हरेक वर्ष संसारभरबाट छनोट गरि प्रदान गरिने प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली भरतपुर महानगरपालिकाकि मेयरले दाहाल बनेकी छिन् ।

    फाल्गुन २४ गते बेलायतको सदनमा हाउस अफ् कमन्स्मा बेलायतका सभामुखले मेयर दाहाललाई उक्त अवार्डबाट सुशोभित गर्नेछन् । त्यस कार्यक्रममा मेयर दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    IMG 20240210 WA0001

    प्रतिक्रिया दिनुहोस्
    images
    images