images
images
  • जापानमा नेपाल र म्याग्दी चिनाउन मोना फेस्टिबल हुँदै, तयारी तिब्र

    काठमाडौं- जापानमा नेपाल र म्याग्दी चिनाउन म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) जापानको आयोजनामा टोकियो स्थित ईताबासी कुको खामिईताबासीमा म्याग्दी (मोना) फेस्टिबल हुने भएको छ । आगामी अप्रिल २७ र २८ तारिख हुने फेस्टिबल सम्पन्न गर्न ज्ञानेन्द्र कार्कीको सम्योजकत्वमा १५० सदस्यीय मुल आयोजक समिति समेत गठन गरिएको छ ।

    जन्मभूमी म्याग्दीको पर्यटन प्रर्वद्धन र सांस्कृतिक भेषभुषाको प्रचारप्रसार सहित नेपालको मुख्य पर्यटकीय गन्तब्य चिनाउन फेस्टिवल आयोजना गरिन लागिएको आयोजक समिति संयोजक कार्कीले जानकारी दिनुभयो । फेस्टिबल सम्पन्न गर्न बिभिन्न ६ वटा उपसमिति समेत गठन गरिएको प्रबक्ता कमल बानियाँले बताउनुभयो । जस अन्तर्गत आर्थिक उपसमिति संयोजकमा विशाल केसी, प्रचारप्रसार उपसमिति संयोजकमा कमल बानियाँ, सांस्कृतिक संयोजक तिलक मल्ल, स्वयम्सेवक परिचालन उपसमिति संंयोजक गणेश बानियाँ, सङ्घ/सस्था समन्वय उपसमिति संयोजक सागर कार्की र स्टल ब्यबस्थापन उपसमिति संयोजकमा महेन्द्र चोखाललाई जिम्मेवारी तोकिएको छ ।

    फेस्टिबलमा म्याग्देली कलाकारका साथै जापानमा रहेका नेपाली कलाकार र जापानी कलाकारहरुको विशेष मौलिक सांस्कृतिक प्रस्तुती रहने मोना जापानका सल्लाहकार एबम सास्कृतिक उपसमिति संयोजक तिलक मल्लले जानकारी दिनुभयो । मोना जापानका अध्यक्ष बिशाल केसीका अनुसार तयारीलाई तिब्रता दिइएकाले सबै नेपाली संघसंस्थाबाट साथ र सहयोगको अपिल समेत गरिएको छ । कार्यक्रम सम्पन्न गर्न करिब २५० मान जापानी येन अर्थात नेपाली २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष केसीको भनाई छ । फेस्टिबलमा जापानमा रहेका बिभिन्न जातीय, क्षेत्रीय एबम भेगीय सस्थाहरुको सहकार्यमा सम्पन्न गरिने छ ।

    मोना फेस्टिबललाई मोना अन्तराष्ट्रियले समेत आवश्यक सम्पूर्ण सहकार्य र सहयोग गरिरहेको मोना आईसिसि अध्यक्ष तथा जापानका सफल व्यवसायी ददिवल खड्काले जानकारी दिनुभयो । म्याग्दीलाई चिनाउनेगरि नेपाल फेस्टिवलकै रुपमा अप्रिल २७ र २८ तारिख सम्पूर्ण जापानवासी नेपाली र जापानीहरुको बाक्लो उपस्थितिमा नेपालको कला, संस्कृती, भेषभुषा, झाँकी सहित मौलिक खाना, नेपालको पर्यटकिय क्षेत्र र नेपाली प्राकृतिक सम्पदाहरुको प्रचारप्रसारको लागि मोना फेस्टिवल सफल बनाईने समाजसेवी एवं मोना आईसिसि अध्यक्ष ददिवल खड्काको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images