images
images
  • मेलम्चीको पानी १ सय ३० ठाउँमा चुहावट

    काठमाडाैं । न्युप्लाजामा मेलम्चीको पानी चुहावट भएर हिलाम्य भएको सडक । वनस्थली, भगवानपाउ, लाजिम्पाट, लैनचौर, टेकु भन्सार, रंगशाला रोडलगायत ठाउँमा तीन–चारवटा चुहावट छन् । अन्य ठाउँमा चुहावट भए पनि कम छ । अरू केही ठाउँमा पनि दैनिकजसो ३०–४० वटा नयाँ चुहावट देखिएको छ । ती ठाउँमा दैनिक मर्मत गर्दै अगाडि बढ्ने काम भइरहेको छ ।

    उपत्यकामा पछिल्लोपटक मेलम्चीको पानी वितरण हुन थालेको २२ दिन भयो । योसँगै खानेपानी अभाव झेलिरहेका उपत्यकावासीमा केही राहत मिलेको छ । तर, पानी वितरण सुरु भएसँगै विभिन्न ठाउँमा चुहावट भएर सडक हिलाम्मे भइरहेका छन् ।

    १३० ठाउँमा चुहावटको समस्या देखिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार पूर्ण क्षमता (फुलफेज)मा पानी वितरण भएसँगै चुहावटमा वृद्धि भएको हो । ‘विशेष गरी पुरानै वितरण सञ्जालका पाइबाट धेरै चुहावट देखिएको छ,’ कार्कीले भने, ‘चुहावट देखिएका ठाउँमा मर्मत गर्दै पानी वितरण गरिरहेका छौँ । तैपनि, पुरानो पाइपमा खिया लागिसकेका कारण पटक–पटक समस्या देखिइरहेको छ ।’

    पाँच सयभन्दा धेरै ठाउँमा देखिएको चुहावट व्यवस्थापन गर्दै केयुकेयलले हाल एक सय ३० मा झारेको जनाएको छ । अहिले मेलम्चीको १७ करोड लिटरमध्ये साढे दुई करोड लिटर पानी नयाँ वितरण सञ्जालमा परीक्षणका लागि प्रयोग भइरहेको छ भने बाँकी उपभोक्तालाई वितरण भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images