images
images
  • चन्द्रागिरि कार दुर्घटनामा घाइते बालिकाको उपचारका क्रममा मृत्यु

    हेटौँडा । चन्द्रागिरि कार दुर्घटनामा घाइते बालिकाको उपचारका क्रममा मृत्यु भएको छ।

    आज दिउँसो १:५५ बजे प्र.३-०१-२३ च ६९८५ नम्बरको गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो।

    दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको थियाे । यस्तै दुर्घटनामा गम्भीर घाइते भएकी ६ वर्षीया स्मारिका गौतमको पनि उपचारको क्रममा मृत्यु भएको छ। योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ५ जना पुगेको छ। कारमा ६ जना सवार थिए।

    उनकी आमा डा. सृष्टी तिवारी गौतम भने सकुशल रहेको प्रहरीले जनाएको छ।

    कारमा सवार काठमाण्डौं महानगरपालिका-३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका- २ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम  र ४ वर्षीय प्रियान्स गौतमकाे घटनास्थलमै मृत्यु भएको थियो।

    मृतकहरूको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images