विराटनगर । कोसी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा कानुन व्यवसायी रुपेश कोइराला नियुक्त भएका छन् ।
विराटनगरका कानुन व्यवसायी कोइरालालाई सरकारको कानुनी सल्लाहकारको रूपमा मुख्यमन्त्री केदार कार्कीले आज नियुक्त गरेको मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार लीलाबल्लव घिमिरेले जानकारी दिए ।
कोइराला यसअघि वि.स.२०७८ चैतमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अवैतनिक कानुन विज्ञको रुपमा नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्






















