images
images
  • ईपीएस कोरिया शाखाको निर्देशकमा मैयाँ कँडेल नियुक्त

    काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखा कार्यालयको निर्देशकमा मैयाँ कँडेल नियुक्त भएका छन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कँडेललाई ईपीएसको निर्देशकमा नियुक्त गरेको हो ।

    यसअघि ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका गुरुदत्त सुवेदीलाई पुस १३ गते भएको बालकुमारी घटनापछि सरकारले जिम्मेवारीबाट हटाएको थियो ।

    त्यसयता ईपीएसमा निर्देशक पद खाली थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images