images
images
  • भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री साउदले गरे त्रिवीकाे पुस्तकालय उद्घाटन

    काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन गरेका छन् ।

    विदेशमन्त्री जयश‌कर र परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त रूपमा त्रिवी पुस्तकालयको उद्घाटन गरेका हुन् । जयशंकरले आजै भूकम्पपछिको पुनर्निर्माण परियोजना पनि उद्घाटन गर्नेछन् ।

    नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी बिहिबार नेपाल आएका थिए ।

    हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै जयशंकरले उच्च राजनीतिक भेट गरेका थिए ।

    उनी आज मध्याह्न साढे १२ बजे नै भारत फर्कने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images