images
images
  • स्वीकृतिविनै आजियटाले शेयर बेचेपछि प्राधिकरणले लेख्यो एनसेललाई पत्र

    काठमाडाैं- स्वीकृति बिनै आजियाटा कम्पनीले एनसेलको सेयर ब्रिक्री गर्न लागेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले पत्र काटेको छ। कम्पनीको सेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको विज्ञप्ती प्रकाशित भएको भन्दै प्राधिकरणले ध्यानाकर्षण जनाएको छ।

    ‘दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (८) बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तीको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४(क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तीले आफ्ना सेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले सो अनुरूप गर्न गराउन जानकारी गराइन्छ,’ प्राधिकरणका उपनिर्देशकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images