images
images
  • महिला टि-२० शृङ्खला : जापानविरुद्ध ब्याटिङ गर्दै नेपाल

    काठमाडौं। चार देश सम्मिलित महिला टि-२० शृङ्खलाअन्तर्गत नेपालले अहिले जापानविरुद्ध ब्याटिङ गरिरहेको छ । तान्जिनिया र हङकङसँग पराजित नेपाल सान्त्वना जितको खोजीमा छ।

    जापानसमेत लगातार दुई खेलमा पराजित भएकाले जितको खोजीमा छ।

    पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको नेपाल दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको हो। लगातार दुई खेलमा पराजित भएको नेपालको फाइनल खेल्ने सम्भावना टरिसकेको छ।

    चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन्। नेपाल र जापान सान्त्वना जितको खोजीमा हुँदा लगातार दुई खेलमा जित निकालेका हङकङ र तान्जिनिया फाइनल पुगिसकेका छन्।

    एक खेल अगावै फाइनल पुगेका तान्जिनिया र हङकङ बीचको खेलसमेत आजै हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस्

    images