images
images
  • नेदरल्यण्डसमाथि भारतको शानदार जित

    काठमाडौं। विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा भारतले नेदरल्याण्डसमाथि १ सय ६० रनको शानदार जित निकालेको छ। सुरुमा ब्याटिङ गरेको भारतले दिएको ४ सय ११ रनको चुनौती नेदरल्याण्डसका लागि भारी भएको हो।

    सुरुमा ब्याटिङ गरेको भारतले चार विकटेको क्षतिमा ४१० रन बनाएको थियो। नेदरल्याण्डविरुद्ध विशाल लक्ष्य बनाउन भारतका श्रेयस ऐयर र केएल राहुलले शतक प्रहार गरे।

    बैंगलुरमा भएको खेलमा चौथो नम्बर ब्याटिङमा आएका ऐयरले ८४ बलमा शतक पूरा गरे। ९४ बल खेलेका ऐयर १२८ रनमा नट आउट रहे। यता केएल राहुलले ६४ बलमा १०२ रन बनाए।

    भारतका लागि दुई ब्याट्सम्यानले शतक प्रहार गर्दा तीन ब्याट्सम्यानले अर्थशतक बनाए। विशाल रनको लक्ष्यका लागि भारतका कप्तान रोहित शर्मा, शुभमन गिल र विराट कोहलीले अर्धशतक बनाएका हुन्।

    कप्तान शर्माले ५४ बलमा ६१ रन,  सुभमन गिलले ३२ बलमा ५१ रन जोड्नुभयो भने विराट कोहलीले ५६ बलमा ५१ रन नै बनाए। विशाल रनको लक्ष्य पाएको नेदरल्याण्डस ४७.५ ओभरमा २५० रन बनाएर अलआउट भयो। नेदरल्याण्डसका लागि तेजा निदामानुरुले अर्थशतक बनाए। भारतका बलरसामु अन्य ब्याट्सम्यानले टिकेर खेल्न सकेनन्।

    यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको भारतले नौ खेलमा सबै जित निकाल्दै १८ अंक बनाएको छ। योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। विश्वकप २०२३ को सेमिफाइनलमा भारतसँगै दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजल्याण्ड पुगेका छन्।

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images