images
images
  • एन्फा अध्यक्षविरुद्धको अविश्वास प्रस्तावमा मतदान सुरु

    हेटौंडा । अखिल नेपाल फुटबल संघ एन्फाको हेटौडामा जारी विशेष साधारण सभामा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङविरुद्धको अविश्वास प्रस्तावमा मतदान सुरु भएको छ ।

    एन्फाका बहुमत सदस्यले गत भदौ २५ गते वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेश गरेका थिए ।

    तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्ताव फेस गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन् ।
    एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाइ मत आवश्यक पर्छ । एन्फाको कूल १०७ सदस्य ९जिल्ला, क्लब, संघ० मध्ये विशेष साधारण सभामा ८७ जनालाई मात्र मताधिकार हुनेछ ।
    यस आधारमा अध्यक्षको बर्खास्तीका लागि कम्तीमा पनि ५८ मत आवश्यक पर्नेछ ।

    साधारणसभा हेटौडामा प्रहरीको विशेष सुरक्षा घेराभित्र चलिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images