images
images
  • टस जितेर नेपाल ब्याटिङ गर्दै, दिपेन्द्र बाहिर

    आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा स्थान बनाइसकेको नेपालले ओमान विरुद्धको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

    आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा टियू मैदान कीर्तिपुरमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

    नेपालले आइतबारकाे खेलमा दिपेन्द्र सिंह ऐरीको ठाउँमा सन्दीप जोरालाई प्लेइङ ११ मा समेटेको छ।

    नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाउँदै विश्वकप यात्रा पक्का गरेकाे थियाे।

    यसअघि घरेलु टोली नेपाल ओमानसँग समूह चरणमा पाँच रनले पराजित हुँदा समूह विजेता बन्ने अवसर गुमाएको थियो। नेपाल समूह चरणको हारको बदला लिने उदेश्यका साथ मैदानमा उत्रिने छ।

    नेपाली टोलीमा विश्वकपका लागि निर्णायक मानिएको खेलमा टिममा फर्किएका दीपेन्द्र सम्भवत फाइनलमा उपलब्ध हुने छैनन्।

    नेपाल र ओमानबीच टी-२० अन्तर्राष्ट्रियमा अहिलेसम्म कुल पाँच खेल भएका छन्। नेपाल तीन र ओमान दुई खेलमा जित निकाल्दा पछिल्लो पटक टियू मैदानमा नै नेपाल ओमानसँग हारेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images