images
images
  • नेपाल र युएईबिचको सेमिफाइनल खेल घरमै बसेर हेर्न क्यानको अनुरोध

    आइसिसी टि२० विश्वकप एसिया छनौट अन्र्तगत नेपाल र युएईबिचको सेमिफाइनल खेल सकभर घरमै टेलिभिजनमा हेर्न नेपाल क्रिकेट संघ क्यानले अनुरोध गरेको छ।

    आज ओमानसंग ५ रनले हारेर समूह ए को उपविजेता बनेपछि नेपालको सेमिफाइनल खेल समूह बीको बिजेता युएईसंग मुलपानी क्रिकेट मैदानमा हुने खेलमा मैदानका कारण  क्यानले अन लाइन मार्फत ३५ सय मात्र टिकट बिक्री गर्ने भएकाले सकभर यो खेल घरमै टेलिभिजनमा हेर्न खेलप्रमी दर्शकहरुलाई आज विज्ञप्ती जारी गर्दै आग्रह गरेको हो । मैदान परिसरमा टिकट बुथ नहुने पनि नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

    साथै क्यानले यो खेलका लागि पास र भिभिआइपी टिकट मूल्य भने राखेको छैन।यस अघि क्यानले भिभिआईपी टिकट मूल्य १० हजार राखेको थियो । उक्त टिकटमा पारस खड्का लगायत क्रिकेट खेलाडी भेट र खानाको व्यवस्था गरेको थियो । साथै क्यानले टिकटको मुल्य पनि बृद्धि गरेको छ । सेमिफाइनल खेलमा समूह चरणको भन्दा टिकट मूल्य १ सय रुपैयाँ बढाएको छ । सेमिफाइनलमा टिकट मूल्य ३ सय रुपैयाँ तोकिएको छ।

    खेल भोलि बिहान ११ बजे देखि सुरु हुनेछ । त्यसैगरी भोलि  विहान ११बजे  नै ओभान र बहराइन विच किर्तिपुर क्रिकेट मैदानमा अर्को सेमिफाइनल खेल हुनेछ । फाइनलमा पुग्ने दुबै टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । फाइनल भने आइतबार किर्तिपुर क्रिकेट मैदानमा हुनेछ।

    1698923074 398713120 741172011372515 5084921955266505578 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images