images
images
  • नेपालले विश्वकप छनोटका लागी भाेलि यूएईकाे सामना गर्ने

    काठमाडौं। आइसिसी टी-२० विश्वकपमा छनोटका लागि नेपालले सेमिफाइनलमा युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल समूह ‘ए’ को उपविजेता बनेसँगै सेमिफाइनलमा समूह ‘बी’ को विजेता बनेको युएईसँग प्रतिस्पर्धा गर्ने पक्का भएको हो।

    युएईले बिहीबार हङकङलाई पराजित गर्दै समूह ‘बी’ को विजेता बन्यो। अब नेपाल र युएईबीच भोलि विहान ११ बजे मुलपानी मैदानमा सेमिफाइनल हुनेछ।

    यो खेलमा जित हात पार्ने टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ। सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपाललाई १० वर्षपछि टी-२० विश्वकप खेल्ने अवसर छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images