२ असार २०७८, बुधबार   |  June 16, 2021
advertisement of bishwo khabr
Tika Gurung

लागुऔषध सहित ललितपुरबाट ५ जना पक्राउ

pakrau 2

काठमाडौं । ललितपुरबाट प्रहरीले लागु औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ स्थित नौधाराबाट जेठ २१ मा राज महर्जन र कृष्ण कुमार बिकलाई पक्राउ गरेको थियो । पछि थप ३ जना पक्राउ परेका हुन् ।

उनीहरुको बयानका बालकुमारी र ग्वार्को क्षेत्रबाट थप ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोवाटोका डिएसपी दिनेश घिमिरेले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा शक्तिलाल साहु, राजकुमार शाह र रुपेश बादिकार छन् ।

इन्सपेक्टर हरी ओली नेतृत्वको टोलीले आरोपीहरुको साथबाट ५९ एम्पुल डाइजेल्याव, ६२ एम्पुल नुफ्रिन र ५९ एम्पुल फेनारगन बरामद गरेको छ । आरोपीहरुमाथी प्रहरीले लागु औषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n