images
images
  • डेंगी संक्रमितको संख्या ४२ हजार नाघ्यो

    काठमाडौं। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर यो वर्ष डेंगी संक्रमितको संख्या ४२ हजार नाघेको छ।

    महाशाखाको तथ्यांकअनुसार जनवरीयता १९ अक्टोबरसम्म ४२ हजार ४११ जना संक्रमित भएका छन् ।

    अक्टोबरका ३१ दिनमा मात्र नौ हजार १४२ जना संक्रमित थपिएका छन् । डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ।

    काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा हालसम्म एक हजार ६५४ जना संक्रमित भएका ईडीसीडीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images