images
images
  • एसीसी यू-१९ प्रिमियर कप : नेपालले दियो साउदीलाई ३४८ रनको लक्ष्य

    काठमाडौं- मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको लक्ष्य दिएको छ ।

    युएसडी-युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमाल र आकाश त्रिपाठीको शानदार प्रदर्शनमा ३४८ रनको लक्ष्य दिएको हो ।

    नेपालले ७ विकेट गुमाएर ३४७ रन बनायो ।

    नेपालका लागि अर्जुनले १४२ र आकाशले ८९ रनको महत्वपूर्ण योगदान गरे भने भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए ।

    कप्तान देव खनाले भने शून्य रनमै आउट भए । त्यसपछि आएका दीपकप्रकाश डुम्रेले १४ रनमा आउट भए । मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

    ५० ओभरको खेललाई एक बल घटाएर खेलाइएको थियो ।

    साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुई-दुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एक-एक विकेट लिए ।

    यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images