२ असार २०७८, बुधबार   |  June 16, 2021
advertisement of bishwo khabr
Tika Gurung

एनआरएनए जापानको आर्थिक अनियमितता : अध्यक्ष भण्डारीको बहुमत पदाधिकारीद्वारा राजिनामा माग

nrna

टोकियो । पछिल्लो समय आर्थिक हिनामिनाको दलदलमा फसेको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा ब्यापक असन्तुष्ट पैदा भएको छ ।
एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीमाथि विभिन्न सामाजिक संजाल र संचारमाध्यममहरुमा आएका आरोप लागेपछी निष्पक्ष छानबिन गर्न केन्द्रीय अध्यक्ष कुमार पन्तसंग माग गरिएको छ ।

एनआरएनए जापानका कार्यसमितिका वरिष्ठ उपाध्यक्ष लगायत २३ जना पदाधिकारीहरुले एक संयुक्त विज्ञप्ति जारी गरी अध्यक्ष भण्डारीमाथि लागेका आरोपहरुको खण्डन गर्न पटकपटक आव्हान गर्दा पनि अटेर गरेको र केही दिन पहिले गरिएको पत्रकार सम्मेलनमा आरोप खारेज हुने कुनै प्रमाण पेश गर्न नकेको भन्दै निष्पक्ष छानबिनको माग गरिएको हो ।

जापानस्थित नेपाली राजदूत प्रतिभा राणा लगायतलाई बोधार्थ गरिएको निवेदनमा अध्यक्ष भण्डारीमाथि विभिन्न आरोपहरु लागेकाले निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न राजीनामा गरी सहयोग गर्न आग्रह समेत गरिएको छ ।
यस अघि पनि वर्तमान अध्यक्ष भण्डारीलाई एनआरएनए जापानका पूर्व अध्यक्षहरुले समेत अध्यक्ष पदबाट राजिनामा गरेर निष्पक्ष छानबिन गर्न सुझाब दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n