images
images
  • काठमाडौं महानगरले हरेक बर्ष १५ सय जनालाई सीपमुलक तालिम र ५ हजार नयाँ रोजगारी सृजना गर्ने

    काठमाडौं- महानगरपालिकाले हरेक वर्ष ५ हजार जनालाई रोजगारी सिर्जना गर्ने भएको छ। महानगरका प्रमुख बालेन्द्र साहले आइतबार फेसबुकमा भिडियो सन्देश सार्वजनिक गर्दै एक वर्षमा कम्तिमा ५ हजार जनालाई रोजगारी सिर्जना गर्ने बताएका छन्।

    महानगरको बेरोजगारीसम्बन्धी समस्या तीन वर्षभित्र समाधान गर्न रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि, गौरब योजना तथा श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याएका छौं,’ नगरप्रमुख साहले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो सन्देशमा भनेका छन्, ‘हरेक वर्ष कम्तिमा १५ सय जनालाई सिपमूलक तालिम दिने र कम्तिमा ५ हजार जनालाई नयाँ नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाडौंको समृृद्धि, गौरब योजना ल्याइएको हो।’

    नगरप्रमुख साहले महानगरमा रहेका दक्ष, अर्धदक्ष र अदक्ष कामदार र रोजगार दाताहरूलाई एउटै प्लेटफर्ममा ल्याई श्रम बैंकको स्थापना गरी रोजगारीको अवसर बढाउने र रोजगारदाताहरूलाई सिपयुक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्यसहित श्रम बैंक स्वर्णिम योजना सञ्चालन ल्याएको बताए।

    ‘महानगरका स्थायी बासिन्दा, महानगरका करदाताहरू तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरू श्रम बैंकमा आबद्ध हुन सक्नेछन्,’ उनले भने ‘श्रम बैंकमा आबद्ध भएका दक्ष कामदारहरूलाई अन्तर्वार्ता तयारीका साथ सोझै काममा लगाउनेछ।’

    महानगरका अनुसार अर्धदक्ष जनशक्तिलाई स्किल अपग्रेडका लागि तालिम दिएर काममा लगाइने बताइएको छ। त्यसैगरी अदक्ष कामदारहरूलाई रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि गौरव योजनामार्फत तालिम दिई सिपयुक्त जनशक्ति निर्माण गरी रोजगार तथा स्वरोजगार सिर्जना गर्ने महागरको उद्देश्य रहेको बताइएको छ।
    महानगरका अनुसार श्रम बैंकमा आबद्ध जनशक्तिलाई तीन क्षेत्रहरूमा व्यवस्थापन गरिने जनाइएको छ।

    महानगरका अनुसार सबै किसिमका कामदारलाई काम गर्दा अनिवार्य बिमाको व्यवस्था गरिने बताइएको छ। गौरवका योजनामार्फत विभिन्न १५ स्थानहरूमा महानगरको आफ्नै ट्रेनिङ सेन्टरको स्थापना गरी बाह्रै महिना बिहानदेखि साँझसम्म रेगुलर तालिम सञ्चालन गरिने बताइएको छ। त्यसका लागि महानगरले बजारमुखी पाठयक्रम पनि तयारी गरिरहेको छ।

    मेयर बालेनको फेसबुक सन्देश जस्ताको तेस्तै :

    काठमाडौँ महानगरले महानगरको बेरोजगार समस्यालाई ३ वर्ष भित्र समाधान गर्ने गरि रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना तथा श्रम बैंक स्वर्णिम योजना संचालन मा ल्याएको छ। हरेक बर्ष कम्तिमा १५००० जना लाइ सीपमुलक तालिम दिने र कम्तिमा ५००० नया रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना ल्याइएको हो भने महानगरमा रहेका दक्ष , अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंक को स्थापना गरि रोजगारीको अवसर बढाउने र रोजगारदाताहरू लाइ सीप युक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्य सहित श्रम बैंक स्वर्णिम योजना संचालन मा ल्याइएको हो । महानगर का स्थायी बासिन्दा ,महानगर का करदाताहरु तथा महानगर भित्र भाडामा बस्ने सबै नेपाली नागरिक हरु श्रम बैंक मा आबद्द हुन सक्नुहुनेछ ।
    १. श्रम बैंक मा आबद्द भएका दक्ष कामदार हरु लाइ अन्तर्वार्ता तयारिका साथ सोझै काम मा लगाउने
    २. अर्धदक्ष जनशक्ति लाइ skill upgrade का लागि तालिम दिई काम मा लगाउने
    ३. अदक्ष कामदार हरुलाइ रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना मार्फत तालिम दिई सीपयुक्त जनशक्ति निर्माण गरि रोजगार तथा स्वरोजगार सृजना गर्ने
    महानगर को उद्देश्य रहेको छ।
    श्रम बैंक मा आबद्द जनशक्तिलाई तपशिलका ३ स्थानहरुमा व्यवस्थापन गरिने छ।
    १) महानगर भित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाई, सामाजिक विकास लगाएत का क्षेत्रहरुमा आन्तरिक व्यवस्थापन
    २) महानगर job portal मार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था , प्राइभेट कम्पनि, संघ संस्था, अन्तरास्ट्रिय संघ संस्था हरु
    ३) महानगरको श्रम बैंक एप मार्फत part time job को रुपमा सबै सेवा हरु घण्टाका आधारमा तथा पटके का रुपमा जुन सुकै काम हरु गर्न मिल्ने व्यवस्था मिलाइने छ।
    सबै किसिमका कामदारहरुलाई काम गर्दाका बखत अनिवार्य इन्सुरेन्स गरिनेछ।
    गौरब को योजना मार्फत विभिन्न १५ स्थान हरुमा महानगरको आफ्नै ट्रेनिंग सेन्टर को स्थापना गरि बाह्रै महिना बिहान देखि साँझ सम्म रेगुलर तालिम संचालन गरिने छ। सो का लागि महानगर ले बजार मुखी syllabus निर्माण को समेत काम गरिरहेको छ।
    निजि क्षेत्र, सरकारी , गैरसरकारी क्षेत्र,उद्योग कल कारखाना, व्यवसायहरुका लागि आवस्यक जनशक्ति माग भई आएमा सोहि क्षेत्र को आवस्यकता अनुसार तालिम दिई दक्ष कामदार पठाउने व्यवस्था मिलाइएको छ।
    श्रम बैंक मा आबद्ध हुन का लागि तलको लिंक वा क्यु आर मा क्लिक गरि फारम भरि आबेदन दिन सक्नुहुनेछ।
    https://t.ly/J-zuW
    सिप बिकास तालिम लिनका लागि तलको लिंक मा क्लिक गर्नुहोस
    https://t.ly/EfDJw
    वा काठमाडौ महानगरपलिका कार्यलय तथा वडा कार्यलयहरु मा सम्पर्क राखेर फोर्म भर्न सक्नु हुनेछ ।
    साथै महानगर भित्र संचालित विभिन्न जब एजेन्सी हरु र तालिम प्रदायक संस्था हरुको नियमित अनुगमन समेत यसै परियोजना मार्फत गरिनेछ। महानगर ले तयार गरेको जब पोर्टल र सबै सेवाका लागि निर्मित handyman जस्तै श्रम बैंक एप को open api हाल संचालन मा रहेका अन्य निजि कम्पनिका सोहि प्रकृतिका एप हरु लाइ निशुल्क उपलब्ध गराइनेछ।

    https://fb.watch/nzem6bJr-x/balen – Search Results | Facebook

    https://www.facebook.com/balenOfficial

    प्रतिक्रिया दिनुहोस्

    images