images
images
  • २०२५ का लागि डीभीको आवेदन खुल्यो, आजैबाट भर्न सकिने

    काठमाण्डौ- सन् २०२५ को डाइभर्सिटी भिसा (डीभी)का लागि बुधवार रातिदेखि फारम खुलेको छ ।

    नेपाली समयअनुसार बुधवार राति  पौने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसको समयसीमा कात्तिक २१ गते (नोभेम्बर ७) सम्म तोकिएको छ ।

    डीभीको आवेदन खुलेपछि निःशुल्क आफैँले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट  http://www.dvlottery.state.gov  मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images