images
images
  • सर्वोच्च परिसरमै ढलेकी भारतीलाई उपचारका लागि अस्पताल पुर्‍याइयाे

    काठमाडौं- सरकारले आफ्ना श्रीमान्का हत्याराको बाँकी कैद मिनाह गरेको विरोधमा अनशनरत भारती मानन्धर सर्वोच्च अदालत परिसरमा बेहोस भएर ढलेकी छन् ।

    तारिख लिएर फर्किने क्रममा बेहोस भएर लडेकी उनलाई वीर अस्पताल लगिएको छ । उनले आजै काठमाडौंको माइतीघरमा अनशन सुरु गरेकी थिइन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकेका योग ढकाल (रिगल)को बाँकी सजाय मिनाह गरेका थिए ।

    त्यसको विरोधमा रिगलले हत्या गरेका चेतनकी श्रीमती भारतीले अनशन सुरु गरेकी हुन् । चेतनलाई नेपालगञ्जको व्यस्त बजारमा दिउँसै खुँडा प्रहार गरी हत्या गरेको प्रकरणमा अदालतले रिगलविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

    उनी करिव ५ वर्ष जेल बसेर माफी पाई थुना मुक्ता भएका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images