काठमाडौं- काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा ४ जनाको हत्या भएको छ।
हत्या हुनेमा दुई जना पुरुष र दुई जना महिला रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा ४ जनाको शव भेटिएको हाे।
मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल रहेका छन् ।
यस्तै मोरङका १९ वर्षका नवीन राई रहेको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए। कुमार दिव्य सः मिलको सुरक्षा गार्ड रहेको प्रहरीले बताएको छ । घटना गएराति ११ : ५५ बजे घटेको प्रहरीकाे भनाइ छ।
धनकुटाका वर्ष २४ का दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।
घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरू खटिएका छन्।
प्रतिक्रिया दिनुहोस्






















