images
images
  • कुशे औँशीकै दिनमा छोराले गरे बुबाको हत्या

    घोराही- मादक पदार्थ सेवन गरेका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन् ।

    घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले बिहिबार बेलुका कुशे औँशीकै दिन ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए।

    उनका अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो। छोरा सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images