images
images
  • सशस्त्र प्रहरी जवानद्वारा शौचालयमा आत्महत्या

    बुटवल । दाङमा जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छन् ।

    प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले नाबालकका करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

    गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा मगर झुन्डिएको अवस्थामा आज बिहान फेला परेको जल्ला प्रहरी कार्यालयका दाङका एसपी अर्जुन तिम्सेनाले रातोपाटीलाई बताए ।

    दसैँको बेलामा पिङ खेल्न गएका नाबालिकालाई बलात्कार गरेको प्रहरीसँग बयानमा स्वीकार गरिसकेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images